रक्षामा सबैभन्दा बढी खर्च गर्ने दश देशहरु
सबै देशले आफ्नो रक्षामा ठूलो धनराशी खर्च गर्ने गर्छन् । तर यसरी रक्षामा सबैभन्दा ठूलो धनराशी खर्च गर्ने देशको सूचीमा सबैभन्दा पहिलो नाम चाहिँ अमेरिकाकै आउँछ । अमेरिकाले रक्षामा वार्षिक जति खर्च गर्ने गर्छ, त्यति खर्च त उसका प्रतिद्वन्द्वी वा मित्रशक्ति भनिएका थुप्रै देशहरुको रक्षा खर्च मिलाउँदा पनि बढी नै हुन्छ ।
यहाँ रक्षामा सबैभन्दा बढी खर्च गर्ने दश देशहरुका बारेमा जानौं । यहाँ उल्लेख गरिएका सबै रकमहरु अमेरिकी डलरमा र अरबमा हो र यो तथ्यांक सन् २०१८ को हो ।
अमेरिका ६४९
चीन २५०
सउदी अरेविया ६७.६
भारत ६६.५
फ्रान्स ६३.८
रुस ६१.४
बेलायत ५०
जर्मनी ४९.५
जापान ४६.६
दक्षिण कोरिया ४३.१
यो माथिको तथ्यांक हेर्दा पनि स्वतः थाहा लाग्छ अमेरिकाको रक्षा बजेट सबैभन्दा भीमकाय छ । ऊपछि रक्षामा सबैभन्दा बढी खर्च गर्ने सात देशहरु (चीन, सउदी अरेबिया, भारत, फ्रान्स, रुस, बेलायत र जर्मनी) को रक्षाबजेटलाई एकै ठाउँमा जोड्दा पनि अमेरिकाकै रक्षा बजेट बढी हुन आउँछ । अमेरिकामा सामाजिक सुरक्षा र स्वास्थ्य हेरचाहपछि राष्ट्रिय सुरक्षा नै सबैभन्दा महंगो सरकारी कार्यक्रम हो । अमेरिकाले सन् २०१८ मा छुट्याएको रक्षा बजेट ६४९ अरब अमेरिकी डलर भनेको उसको कूल ग्राहस्थ उत्पादनको ३.२ प्रतिशत हो ।
अमेरिकापछि सबैभन्दा धेरै रक्षामा खर्च गर्ने देश हो । उसले सन् २०१८ मा २५० अरब अमेरिकी डलर छुट्याएको थियो । यो भनेको चीनको कूल ग्राहस्थ उत्पादनको १.९ प्रतिशत हो ।
बितेको २४ वर्षदेखि चीनले आफ्नो रक्षा खर्चमा लगातार बृद्धि गर्दै आइरहेको छ । सन् २०१८ मा चीनले छुट्याएको रक्षा बजेट सन् १९९४ को उसको रक्षा बजेटको तुलनामा १० गुना बढी हो ।
माथिका १० देशहरुपछि रक्षामा सबैभन्दा बढी खर्च गर्ने अरु प्रमुख देशमा ब्राजिल (२७.८ अरब डलर), इटाली (२७.८ अरब डलर), अस्ट्रेलिया २६.७ अरब डलर), क्यानडा (२१.६ अरब डलर र टर्की (१९ अरब डलर) पर्दछ ।
त्यसो त संसारभरिकै सैन्य खर्च हेर्ने हो भने त्यो वर्षेनी बृद्धि हुँदै गएको देखिन्छ । सन् २०१८ मा संसारभरिकै रक्षा बजेट १८ खरब थियो । यो भनेको सन् २०१७ को तुलनामा २.६ प्रतिशतले बृद्धि हो ।
Source: http://worldpopulationreview.com Title Photo: https://miro.medium.com