एलजीको प्रिमियम ब्राण्ड शप विराटनगरमा
सोमबार, १३ माघ २०७६, १९ : ११
विराटनगर– सी.जी. इलेक्ट्रोनिक्स को १८ औं शोरुम तथा एल.जी को ८ औं नयाँ प्रिमियम ब्राण्ड शप विराटनगरमा संचालनमा आएको छ ।
चौधरी ग्रुपको आफ्नै ३.० भर्सिन को अत्याधुनिक शोरुम विराटनगरमा संचालनमा आएको हो ।
उक्त शो रुम प्रदेश नं. १ मा कम्पनीको पहिलो शो रुम हो भने, नेपालको ८ औं रहेको छ । शो रुम मा विभिन्न एल.जी ब्राण्डका घरायसी सामाग्रीहरु उपलब्ध छन् ।
यस शोरुममा ग्राहकहरुका लागि केही सयमका लागि विभिन्न छुट को ब्यवस्था पनि गरिएको छ ।