संसदमा प्रधानमन्त्री ओलीको सम्बोधन सुरु
मङ्गलबार, १४ माघ २०७६, १३ : ४९
काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्माओलीको सम्बोधन सुरु भएको छ । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासलाई सँगसँगै अघि बढाउने बताएका छन् । प्रधानमन्त्री ओलीले सभामुखको निर्वाचन सर्वसम्मतिले हुनु सकारात्मक र स्वागतयोग्य भएको बताए ।
उनले स्वस्थ प्रतिस्पर्धाबाट लोकतान्त्रिक उपलव्धीहरु अघि बढ्ने समय भएको बताउँदै विधिता र बहुलता नेपालले छानेको व्यवस्था भएको बताए ।