आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दुई बुँदे सहमति कार्यान्वयन भए सरकारमा जान्छौ: भण्डारी

शनिबार, १८ माघ २०७६, २२ : ५८
शनिबार, १८ माघ २०७६

जनकपुर । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले नेकपासँग भएको दुई बुँदे सहमति इमान्दारितापूर्वक कार्यान्वयन भए सरकारमा जाने सक्ने संकेत गरेका छन् । शनिबार महोत्तरीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भण्डारीले राष्ट्रियसभा सदस्यको निर्वाचनको क्रममा नेकपासँग गरेको दुई बुँदे सहमतिअनुसार राजपा नेपालले मतदान गरेकाले अब नेकपाले इमान्दारिता प्रदर्शन गर्नुपर्नेमा जोड दिए । 
सहमतिकै आधारमा सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिँदै उनले भने, ‘अब नेकपाले सहकार्यको वातावरण बनाउनुपर्छ, राष्ट्रियसभा निर्वाचनको क्रममा नेकपालाई सघाएर सहकार्यको बाटो खोलिसकेका छौ, संविधान संशोधनको मुद्दा, रेशम चौधरीको मुद्दामा सकारात्मक सोच देखाए केन्द्र सरकारमा समेत हामी सामेल हुन तयार छौँ ।’

उनले केन्द्र र प्रदेश नम्बर २ मा नेकपासँग समिकरणअनुसार अघि बढ्ने दाबी गर्दै प्रदेश सरकारले जनताको भावनाअनुरुप काम गर्न नसकेकोले सरकारको मूल्याँकन गर्दै पुनर्विचार गर्नुपर्ने आवश्यक्ता रहेको खुलासा गरे  । उनले भने– ‘प्रदेश सरकारको विषयमा पुनर्विचार गर्नुपर्छ र पुनर्विचारको क्रममा सरकारमा नयाँ अनुहार आउनसक्छ वा समिकरण समेत परिवर्तन हुनसक्छ ।’

प्रदेशमा नेकपासँगको समिकरणको विषयमा भने उनले निषेधको राजनीति इन्कार गर्न नसकिने बताए । नेता भण्डारीले भने, ‘निर्वाचनको क्रममा जनतासँग मधेश सरकार बनाउने वचनवद्धता व्यक्त गरेका थियौँ र त्यो वचन हामीले पूरा गर्यौँ ।’

भण्डारीले  प्रदेश सरकारमा सामेल मन्त्रीहरु, प्रदेशसभा सदस्यहरुले नै यो कुरो स्वीकार गरिरहेकाले सरकारको विषयमा पुनर्विचार गर्नु अपरिहार्य रहेको बताए । भण्डारीले शनिबार महोत्तरीको भंगहा नगरपालिका सिंग्याहीस्थित रातो खोलामा बन्न लागेको पुलको शिलान्यास गरेका छन् । सो पुलको शिल्यान्यास भौतिक विकास पूर्वाधार मन्त्री जितेन्द्र सोनल र नेता भण्डारीले संयूक्तरुपमा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप