आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मेटलाइफको सुर्खेतमा नयाँ एजेन्सी कार्यालय संचालनमा

सोमबार, २० माघ २०७६, १४ : ०२
सोमबार, २० माघ २०७६

काठमाडौं– मेटलाइफले यो साता कर्णाली प्रदेश अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरमा नयाँ एजेन्सी कार्यालय खोली आफ्नो संचालन विस्तार गरेको छ । 

कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले अन्य स्थानीय कर्मचारीहरुको उपस्थितिमा कार्यालयहरुको उद्घाटन गरे । यो थप नयाँ कार्यालय पछि मेटलाइफको नेपालमा कुल ३२ वटा कार्यालय पुग्ने भएको छ ।

यसरी भएको विस्तारले कर्णालीको सुर्खेत क्षेत्रमा रहेका कम्पनीका ग्राहकहरुलाई थप सुबिधा तथा सहजता प्रदान गर्न सहयोग मिल्नेछ भन्ने कुरामा कम्पनीले विश्वास लिएको छ । 

यस कार्यालयले ग्राहकहरुलाई बिमा शुल्क तथा आवेदन संकलन, बिमालेख हस्तान्तरण तथा बिमालेख परिवर्तन र पुनस्र्थापना, ग्राहकको जिज्ञासा अनुरोधहरु बुझ्ने तथा अन्य कागजपत्रहरुको पर्याप्तता हेर्ने जस्ता सेवाहरु प्रदान गर्नेछन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप