आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तराईका विमानस्थलहरुको स्तरोन्नतीका लागि विशेष योजना

बुधबार, २२ माघ २०७६, १८ : ३५
बुधबार, २२ माघ २०७६

काठमाडौं । नेपाल सरकारले तराई क्षेत्रका विभिन्न विमानस्थलहरुको स्तरोन्नतीका लागि विशेष योजना अघि सारेको छ । सातवटै प्रदेशका तराईका जिल्लामा अवस्थित विमास्थलको स्तरोन्नतीका लागि सरकारले विशेष योजना अघि सारको हो । विराटनगर, नेपालगञ्ज, चन्द्रगढी विमानस्थलको स्तरोन्नतीका लागि सरकारले योजना अघि सारेको हो । त्यसैगरी धनगढी, भरतपुर, जनकपुर र राजविराजको स्तरोन्नतीका लागि पनि सरकारले काम गर्नेछ । विराटनगर विमानस्थलको स्तरोन्नतीका लागि ४ अरब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

जग्गा अधिग्रहणाकलागि समेत सोही बराबरको रकम लाग्ने अनुमान गरिएको छ । यस्तै नेपालगञ्ज विमानस्थलका लागि ४ अरब र जग्गा अधिग्रहणका लागि ३ अरब खर्च हुनेछ । यसैगरी चन्द्रगढी विमानस्थल स्तरोन्नतीका लागि ३ जग्गा अधिग्रहण गर्न ३ अरब र विमानस्थल निर्माणका लागि २ अरब लाग्ने अनुमान गरिएको छ । धनगढी विमानस्थलको स्तरोन्नतीका लागि २ करोड रुपैयाँ र जग्गा अधिग्रहणमा साढे ४ अरब खर्च हुने अनुमान गरिएको छ । यसैगरी भरतपुर विमानस्थलको रनवे ओभरलेको काम अन्तिम चरणमा पुगेको छ ।

१० करोड रुपैयाँको रकम विनियोजन गरिएको छ । यसैगरी जनकपुर विमानस्थलको स्तरोन्नतीको काम पनि अन्तिम चरणमा पुगेको छ । परियोजनामा कुल ३७ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यस्तै राजविराज विमानस्थल निर्माणमा ६० करोड र जग्गा अधिग्रहणमा साढे १ अरब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सम्पूर्ण विमानस्थलहरुको स्तरोन्नतीका लागि ५ वर्षको समयावधि तोकिएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप