ग्लोबल आइएमई बैंकका सिओओ गणेश अवस्थीले दिए राजिनामा, नविल बैंकको एजिएममा नियुक्त
काठमाडौं– ग्लोबल आइएमई बैंकका चिफ अपरेटिङ अफिसर(सिओओ) गणेश अवस्थीले राजिनामा दिएका छन् ।
अवस्थी नबिल बैंकको सहायक महाप्रवन्धक (एजीएम)मा जाने पक्का पक्की भएपछि ग्लोबल आइएमई बैंकबाट राजिनामा दिएका हुन् । नविलबाट अफर लेटर लिइसकेका अवस्थीले ग्लोबल आइएमईमा तीन साता अघिनै राजीनामा बुझाइसकेको भए पनि स्वीकृत हुन भने बाँकी नै छ ।
सन् २००१ मा एनआईसी (हालको एनआईसी एसिया बैंक)बाट बैंकिङ्ग यात्रा सुरु गरेका अवस्थी पछिल्लो समय ग्लोबल आइएमई बैंकमा सिओओ पदमा कार्यरत छन् ।
सन् २००८ मा ग्लोबल आइएमई बैंक प्रवेश गरेका अवस्थीले शाखा प्रवन्धक, कर्पोरेट क्रेडिट म्यानेजमेन्ट र अपरेशन रिस्क म्यानेजमेन्टको प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । अवस्थीसँग बैंकिङ्ग क्षेत्रमा दुई दशक लामो अनुभव रहेको छ । एनबीआई (नेपाल बैंकिङ्ग इन्ष्टिच्युट) मा रिसोर्स पर्सनका रुपमा पनि कार्यरत छन् ।
क्रेडिट अपरेशन र मार्केटिङमा अब्बल मानिने अवस्थीले यसअघि कुमारी बैंकमा पनि शाखा प्रवन्धकका रुपमा ३ वर्ष काम गरिसकेका छन् ।