आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतमा विषालु ग्यास चुहावट, सात जनाको मृत्यु

बिहीबार, २३ माघ २०७६, १२ : ५४
बिहीबार, २३ माघ २०७६

लखनउ । भारतको उत्तर प्रदेश राज्यको सीतापुर जिल्लामा विषालु ग्यास चुहावट हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ ।

बिहीबार बिहानै जलालपुर गाउँस्थित एउटा गलैँचा उद्योगमा विषालु ग्यास चुहावट भएको हो । गलैँचा तथा कार्पेट रङ्ग्याउन प्रयोग हुने केमिकलबाट ग्यास चुहावट भएको आशंका गरिएको छ ।

विशाक्त ग्यासका कारण उक्त उद्योगमा रहेका सात जनाको मृत्यु भएको हो । मृतकमा तीन बालबालिका छन् । उनीहरुको परिचय खुलाइएको छैन ।

उक्त क्षेत्रका प्रहरी अधिकारी अजय रावतका अनुसार स्थानीय समयानुसार बिहीबार बिहान करिब ८ बजे ग्यास चुहावट भएको हो । विशाक्त ग्यासका कारण उद्धारमा समेत कठिनाई भएको उनले बताए । उनले तीन बालबालिकासहित सात जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

घटनास्थलमा प्रहरी, स्वास्थ्यकर्मी र प्रशासनको समूह पुगेको छ । विशाक्त ग्यासका कारण उद्योग आसपास कम्तीमा पाँचवटा कुकुर समेत मरेको बताइएको छ । केही अन्य चौपायाको समेत मृत्यु भएको स्थानीयबासीलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप