सिद्धार्थ बैंकको मुसिकोट शाखा संचालनमा
शुक्रबार, २४ माघ २०७६, १५ : २६
मुसिकोट– सिद्धार्थ बैंकले २०७६ माघ २४ गते शुक्रबार रुकुम अवस्थित मुसिकोट शाखाको औपचारिक उद्घाटन सम्पन्न गरेको छ ।
शाखाको उद्घाटन मुसिकोट नगरपालिकाका मेयर देवीलाल गौतमबाट भएको थियोे । बैंकले उक्त शाखा २०७५ अषाढ ३१ गते देखि नै सञ्चालन गरी कारोबार गर्दै आएको थियो ।