अष्ट्रेलियाका डढेलो पीडितका लागि रक्तदान
शुक्रबार, २४ माघ २०७६, १९ : ३७
काठमाडौं । एनआरएनए अष्ट्रेलियाको नेतृत्वमा डढेलो पीडितका लागि सहयोगार्थ रक्तदान कार्यक्रम सम्पन्न भएको छ । एनआरएनए अष्ट्रेलियाका केन्द्रीय सदस्य वासुदेव दुलाल र टुवीस प्रधानको नेतृत्वमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा १९ जनाले रक्तदान र प्लाज़्मादान गरेका छन् ।
अस्ट्रेलियामा लागेको विनाशकारी डडेलोमा परी घाइते भएकाहरुका लागि रगत उपलव्ध गराउने उद्देश्यले फेब्रुअरी ३ र ४ तारिकमा आयोजित रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जानकारी दिएको छ । अष्ट्रेलियाको डढेलोमा परेर २७ जनाले ज्यान गुमाएका छन् भने २१०० घर जलेर नष्ट भएका छन् ।
कार्यक्रमका संयोजक वासुकाअनुसार अष्ट्रेलियाको विपतलाई ख़्याल गर्दै उक्त कार्यक्रम आयोजना गरिएको हो ।