कुकुरलाई बचाउने प्रयासमा सेती नदीको खोँचमा खसे, उद्धार कार्य जारी
सोमबार, २७ माघ २०७६, १० : ४४
पोखराको चाइना पुलको अगाडिबाट एक व्यक्ति सेती नदीको खोँचमा खसेका छन् ।
अन्दाजी २२, २३ वर्षका आकाश गुरुङ बिहान कुकुरलाई डोहोर्याइरहेको क्रममा खसेको बुझिएको छ । सुरुमा उनको कुकुर खसेको र कुकुरलाई बचाउने क्रममा उनी आफैं पनि लडेर खोँचसम्म पुगेका हुन् ।
उनी लडेको जानकारी प्राप्त भएपछि स्थानीयको सहयोगमा प्रहरी अधिकारीले तत्काल उद्धार कार्य सुरु गर्यो । अहिले उनको उद्धार कार्य जारी छ ।
भूपू. ग्यारेजमा काम गर्ने आकाश कामको सिलसिलामा कास्कीमा आएको बुझिएको ।