५ हजार घुससहित पक्राउ
सोमबार, ०५ फागुन २०७६, १८ : १२
काठमाडौँ । भोजपुरको आमचोक गाउँपालिकामा कार्यरत सवइन्जिनियर (करार) बिष्णुकुमार राई ५ हजार घुससहित पक्राउ परेका छन् ।
हायुखोला खानेपानी योजनाको बिल फरफारक गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनलाई घुस लिइसकेको अवस्थामा आमचोक गाउँपालिका वडा नं ७ स्थित हर्दिलाबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।