मकवानपुरबाट ६ किलो सुन समातियो, १ जना पक्राउ
मङ्गलबार, २० फागुन २०७६, १६ : १०
काठमाडौं । मकवानपुर प्रहरीले करिब ६ किलो अवैध सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक अब्दुल मजिद अनेकल रहेका छन् ।
हेटौंडा–१५ स्थित रातोमाटेमा काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको बस चेकजाँचका क्रममा सो सुन फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीले मंगलबार बिहान उनलाई पक्राउ गरेको थियो ।
अभियुक्तलाई प्रहरीले आवश्यक कारवाहीका लागि सुनसहित बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाएको छ ।