आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौंमा होली नखेल्न सर्वसाधारणलाई आह्वान

बुधबार, २१ फागुन २०७६, २३ : २०
बुधबार, २१ फागुन २०७६

काठमाडौँ- कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली नखेल्न सर्वसाधारणलाई आह्वान गरेको छ ।  विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसबाट नेपाल उच्च जोखिममा रहेको रिपोर्ट सार्वजनिक गरेको २ दिनपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले सो आह्वान गरेको हो ।

जिल्ला प्रशासनले होली नखेल्न तथा भिडभाडमा नजान, भेला, सभा, सम्मेलन नगर्न आग्रह गरेको छ ।बुधबार प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति बैठकले सो निर्णय गरेको जनाइएको छ । बैठकले काठमाडौं जिल्लामा अर्को निर्णय नभएसम्म विभिन्न प्रकारका उत्सव, मेला, होली लगायतका पर्वमा भेला नहुन, त्यस्ता सम्मेलन तथा कार्यक्रममा सहभागी नहुन सबैलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप