आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतीय राजदूतद्वारा उपराष्ट्रपति र रक्षामन्त्रीसँग भेट

बिहीबार, २२ फागुन २०७६, १७ : ५३
बिहीबार, २२ फागुन २०७६

काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले बिहीबार उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गरेका छन् । 

क्वात्राले उपराष्ट्रपतिलाई लैनचौरस्थित उपराष्ट्रपति कार्यालय र रक्षामन्त्रीलाई सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पुगेर भेट गरेका हुन् । 

सो क्रममा राजदूत क्वात्राले एक पुस्तक उपहार दिएका थिए । विश्वभरका प्रमुख व्यक्तिहरुको भिजन र योजनाबारे समेटिएको सो पुस्तकमा प्रधानमन्त्री केपी शर्मा ओलीको लेख समेत समावेश छ ।  

क्वात्राले बिहीबार राष्ट्रपति भवन शीतल निवासमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका थिए । सोलगत्तै उनले उपराष्ट्रपति र रक्षामन्त्रीलाई भेटेका हुन् । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप