आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जब घरको धाराबाट ‘रेड वाइन’ झर्न थाल्यो

आइतबार, २५ फागुन २०७६, १५ : १४
आइतबार, २५ फागुन २०७६

बुधबार केही घण्टाको लागि इटालीको उत्तरी सहर क्यास्टेलभेट्रोमका बासिन्दाको घर घरमा रेड वाइन झर्न थाल्यो । 

स्थानीय एक वाइन उद्योगमा आएको खराबीले त्यहाँ बोतलमा हाल्न तयार रहेको हजार लिटर वाइन सहरको पिउने पानी आपूर्ति गर्ने पाइपमा लिक भएको थियो । 

वाइन तीन घण्टासम्म सहरको पानी पाइपमा बगिरह्यो । क्यास्टेलभेट्रोका उप–मेयर जर्जिया मेजाक्वीले यस घटनामा दश घर प्रभावित भएको जानकारी दिए । 

स्थानीय प्रशासनले उसको फेसबुक पेजमा यस लिकले कुनै पनि स्वास्थ्य समस्य ननिम्त्याउने बताए । 

घटनाको लागि जिम्मेबार क्यानटिना सेटेक्यानी वाइनेरीका अनुसार कम्पनीको बोटलिङ लाइनभित्रको सफाई सर्किटको भल्भमा समस्या आएको थियो । 

सर्किटको भल्भ बिग्रपछि उच्च दवावको कारण वाइन पानीको पाइपमा बग्न थालेको थियो । 

क्यास्टेलभेट्रो इटालीको कोरोनाभाइरस प्रभावित उत्तरी क्षेत्रमा पर्छ । त्यो सहरमा विश्वभरका खाना र वाइनका पारखी पुग्ने गर्छन् । हाल भाइरसको डरले आगन्तुकको संख्या ८० प्रतिशतले कमी आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप