ब्राजिलमा भीषण पहिरो, ४२ जनाको मृत्यु
सोमबार, २६ फागुन २०७६, १४ : ३८
साओपाउलो । ब्राजिलको दक्षिण पूर्वी राज्य साओ पाउलोमा भिषण वर्षासँगै आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।
उद्धारकर्मीहरुका अनुसार उक्त पहिरोमा अरु ३६ जना हराइरहेका छन् । गुआरुजाको पहाडी इलाकाका पुराना घरहरु वर्षासँगै शुरु भएको पहिरोले बगाएको थियो ।
गएको सातादेखि नै भारी वर्षा भएका कारण उद्धार कार्यमा कठिनाई भइरहेको स्थानीय अधिकारीहरुले बताएका छन् । –एएनआई/Photo: chinanews.com