आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कतारका लागि श्रम स्वीकृति दिन बन्द

मङ्गलबार, २७ फागुन २०७६, १२ : १८
मङ्गलबार, २७ फागुन २०७६

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा कतार जानका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ । कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई अर्को व्यवस्था नभएसम्मको लागि कतार प्रवेशमा रोक लगाएसँगै नेपाल सरकारले पनि श्रम स्वीकृति दिन बन्द गरेको हो । 

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहालले मंगलबारदेखि कतारको लागि श्रम स्वीकृति बन्द गरिएको जानकारी दिए । कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि कतारले सावधानीसहित जोखिममा रहेको नेपालसहित १४ देशलाई कतार प्रवेशमा रोक लगाएको. हाृे । कतारको सोही निर्णयपछि हाललाई कतार जान चाहने नेपालीका लागि श्रम स्वीकृति दिन बन्द गरिएको दाहालको भनाइ छ । 

उनले अवस्था सहज हुनेबित्तिकै पुनः श्रम स्वीकृति दिन सुरु गरिने जानकारी दिए । 

हाल कतार जानका लागि दैनिक ४०० जना कामदारले श्रम स्वीकृति लिँदै आएका छन् । 

नेपालमा कोरोनाको संक्रमण कसैलाई नदेखिएको भएपनि विश्व स्वास्थ्य संगठनले नेपाललाई जोखिमको सूचीमा राखेको छ । पछिल्लो दुई दिनको अवधिमा संयुक्त अरब इमिरेट्स र अस्ष्ट्रेलियामा भने ३ जना नेपालीलाई कोरोनाको संक्रमण पुष्टि भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप