प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थिति सामान्य
बिहीबार, २९ फागुन २०७६, १७ : ४६
काठमाडौं । दोश्रोपटक मृर्गौला प्रत्यारोपण गरी स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्माओलीको स्वास्थ्यस्थिति सामान्य बन्दै गएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति सामान्य रहेको जानकारी दिएको हो ।
अस्पतालका अनुसार ओलीको मृगौला प्रत्यारोपण पछि गरिने नियमित परीक्षणहरुलाई निरन्तरता दिइएको छ । उनका परीक्षणका नतिाजाहरु सामान्य र सुधारोन्मुख रहेको र भाइटल र ल्याब सूचकहरु पनि राम्रो अवस्थामा रहेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.प्रेमकृष्ण खड्गाले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।