आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या ४० लाख पुग्यो

बिहीबार, २९ फागुन २०७६, १९ : ००
बिहीबार, २९ फागुन २०७६

काठमाडौं । पछिल्लो दश वर्षमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या ४० लाख पुगेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२०’ सार्वजनिक गर्दै पछिल्लो दश वर्षमा मात्रै ४० लाख नेपालीहरु श्रम गर्न वैदशिक रोजगारीमा गएको जनाइको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार अहिलेसम्म १ सय ३२ भन्दा बढी देशमा नेपाली श्रमिकहरु श्रम गर्न पुगेका छन् । सन् २००८/०९ देखि सन २०१३/१४ सम्ममा प्रत्येक वर्ष औषतमा ५ लाख भन्दा बढी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ ।

त्यसपछि भने यो संख्या कम हुँदै गएको छ । सन २०१८/१९ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरुको संख्या २ लाख ३६ हजार २ सय ८ जना छ । त्यस्तै गतवर्ष यस्तो संख्या ३ लाख ५४ हजार ९८ रहेको थियो । प्रतिवेदन सार्वजनिक कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राययादवले वैदेशिक रोजगारका लागि सरकारले लिएको नीतिको कार्यान्वयन र समस्याको समाधानका लागि प्रतिवेदन महत्वपूर्ण ह्ने बताए । उनले वैदेशिक रोजगारीमा जानेलाई रोक्नेगरी सरकारले देशभित्रै रोजगारी सिर्जना गर्न यो तथ्याङ्कले सघाउ पु¥याउने बताए ।

वैदेशिक रोजगारीमा जानेहरुमध्ये ८८ प्रतिशत मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब र कुवेतमा रहेको पाइएको छ । ८० प्रतिशत भन्दा बढी १८ देखि ३५ वर्ष उमेर समुहका मानिसहरु वैदेशिक रोजगारीमा जाने गरेका छन् । त्यस्तै सन २०१८/१९ मा ५९ प्रतिशत अदक्ष श्रमिकहरु वैदेशिक रोजगारीमा गएका छन् । मन्त्रालयका सचिव विनोद केसीले वैदेशिक रोजगारीमा जने श्रमिकको क्ष्मता बढाउनुपर्ने प्रतिवेदनले देखाएको बताए । उनले श्रमिकहरु क्षमतावान भएर नगएको कारणले वैदेशिक रोजगारीमा विभिन्न समस्याहरु उत्पन्न हुने गरेको समेत बताए । उनले वैदेशिक रोजगारीमा अझैपनि सुशासन कायम चुनौति देखिएको बताए ।
वैदेशिक रोजगारीमा जानेमध्ये ९१ प्रतिशत पुरुष र ९ प्रतिशत महिला रहेका छन् । प्रतिवेदनले वैदेशिक रोजगार क्षेत्रको सुधारका लागि दिर्घकालिन उद्देश्यसहित स्पस्ट धारणा बनाउनुपर्ने, स्थानीय र प्रदेश तहलाई समेत समेटनेगरी उच्च स्थरीय समिति निर्माण गर्नुपर्ने, त्यस्तै समाजिक सुरक्षा र मतदानको अधिकार दिने लगयतका सुधारका कार्यहरु गर्नुपर्ने आवश्यकता औंल्याएको छ । त्यस्तै आन्तरिक र वैदेशिक रोजगारीको विषयवस्तुलाई एक अर्काका परिपूरकको रुपमा स्थापित गरी व्यवस्थित गर्नुपर्ने, वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीको स्तरोन्नति गरी प्रभावकारी बनाउनुपर्ने लगायतका विषयमा ध्यान दिनुपर्ने प्रतिवेदनमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप