आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाविरुद्धको अभियानमा एकजुट होऔँ : राष्ट्रपति भण्डारी

शनिबार, ०१ चैत २०७६, १९ : १३
शनिबार, ०१ चैत २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न उच्च सतर्कता अपनाउनुपर्नेमा जोड दिएकी छन् ।

राष्ट्रपति भण्डारीले आज ट्विटमार्फत कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन आग्रह गरेकी हुन् ।

राष्ट्रपति भण्डारीको ट्विटमा भनिएको छ, “विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरसको सङ्क्रमणबाट बच्न उच्च सतर्कता अपनाउँदै आवश्यक उपाय अवलम्बन गरौँ, यस रोगविरुद्धको विश्वव्यापी अभियानमा हामी सबै एकजुट होऔँ ।” अहिलेसम्म कोरोना भाइरसबाट झण्डै ४ हजार जनाको मृत्यु भएको छ भने  १०० बढी मुलुकलाई प्रभावित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप