हराभरा तोरी फूल्यो खोकनाको बारीमा (फोटोफिचर)
बुधबार, ०५ चैत २०७६, १५ : ०२
ललितपुर । ललितपुरको खोकना प्राचिनकालमा तोरीका लागि प्रख्यात थियो । बढ्दो सहरीकरण तथा बस्ती विकासले खेतीयोग्य जमिन मासिने क्रममा छ । यद्यपि खोकनाले आफ्नो प्राचिन पहिचानलाई अहिले पनि जोगाउने प्रयत्न गरिरहेको छ । खोकनाका बारीमा यतिबेला तोरी हराभरा फूलेको देख्न सकिन्छ ।
यहाँका पुराना बासिन्दा अझै पनि खेतीमा सक्रिय छन् । अन्य सिजनमा तरकारी तथा अन्नबाली लगाए पनि वर्षमा एउटा सिजन खोकनाका बारीमा तोरी फूल्ने गर्दछ । यहाँका किसानले तोरीका लागि प्रख्यात खोकनाको पहिचानलाई अझै जीवन्त राख्ने प्रयास गरिरहेका छन् । खोकनामा अझै पनि तोरी पेल्ने परम्परागत कोल नै प्रयोग गरिन्छ । मुख्य सहरबाट नजिकै रहेको खोकनाको परम्परा, संस्कृति अवलोकनका लागि पर्यटकहरुसमेत पुग्ने गर्दछन् ।