आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राअविका कर्मचारीको उमेर हद ६० वर्ष कायम गरिँदै

बुधबार, ०५ चैत २०७६, १८ : ३७
बुधबार, ०५ चैत २०७६

रााष्ट्रिय अनुसन्धान विभाग (राअवि)का कर्मचारीहरुको उमेर हद ६० वर्ष कायम गर्ने विषयमा विधायन व्यवस्थापन समितिमा सहमति जुटेको छ ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा बुधबार भएको छलफलमा विभागका कर्मचारीहरुको उमेरहद ६० वर्ष कायम गर्ने सहमति जुटेको हो । नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धि संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा उक्त सहमति जुटेको हो ।

उक्त प्रावधान लागू हुन भने अझै १ वर्ष कुर्नुपर्नेछ । समिति सभापति परशुराम मेघी गुरुङले २०७८ साउनबाट मात्रै उक्त प्रावधान लागु हुने बताए । सभापति गुरुङले विशिष्ठ श्रेणी एउटै तहमा ४ वर्ष र प्रथम श्रेणीको एउटै तहमा ६ वर्ष सेवा अवधि तोक्ने विषयमा पनि सहमति भएको बताए । 

विधेयकका अन्य प्रावधानहरुमा छलफल गर्न बिहीबार पनि समितिको बैठक बोलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप