जिल्ला अदालत कास्कीका श्रेस्तेदार ३० हजार घुससहित पक्राउ
बिहीबार, ०६ चैत २०७६, १७ : ५४
काठमाडौं । जिल्ला अदालत कास्कीका श्रेष्तेदार लोकनाथ पराजुली ३० हजार घुससहित पक्राउ परेका छन् ।
अदालतमा विचाराधिन मुद्दा मिलाइदिने बहानामा घुस मागेको उजुरीको आधारमा अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले पराजुलीलाई घुससहित पक्राउ गरेको हो ।
सेवाग्राहीसँग घुस बापतको रकम लिइसकेको अवस्थामा पोखराको पर्स्याङ्ग चोक नजिकबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।