आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालयको १५ बुँदे निर्देशन: के गर्न हुने, के नहुने ?

शुक्रबार, ०७ चैत २०७६, १३ : ३५
शुक्रबार, ०७ चैत २०७६

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण फैलन नदिन स्वास्थ्य संस्थाहरुलाई आवाश्यक निर्देशन दिएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा विहीबार बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि तत्काल गर्नुपर्ने १५ वटा निर्णय गर्दै सरोकारवाला निकायलाई निर्देशन दिएको छ । 

मन्त्रालयले सरकारका निर्देशन पालना भए नभएको समेत अनुगमन गर्न जनशक्ति खटाउने भएको छ । मन्त्रालयले कोरोना भाइरस समुदायमा फैलावटको अवस्था पत्ता लगाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई कम्तीमा २० हजार स्याम्पल टेष्टको लागि तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप