आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शिक्षकहरुका लागि ७ बुँदे अपील, ‘ज्यान रहे ज्ञान बाँढ्ने’

शुक्रबार, ०७ चैत २०७६, १७ : ४१
शुक्रबार, ०७ चैत २०७६

काठमाडौं।  काठमाडौं महानगरभित्र कार्यरत शिक्षकहरुका लागि ७ बुँदे जारी गरिएको छ ।  

शुक्रबार चार शिक्षक संगठनहरु नेवाः स्यनामि, ए. अखिल नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक संगठनका अध्यक्षले संयुक्त रुपमा ७ बुँदे अपील जारी गर्दै  विद्यालयमा एकै समयमा सम्पूर्ण शिक्षक भेला भइ संयुक्त रुपमा बस्न सक्ने अवस्था नरहेको उल्लेख गरिएको छ । 

यस्तो अवस्थामा सुरक्षित तबरले उत्तर पुस्तिका परीक्षक र नतिजा प्रकाशनलाई सहज र सहजीकरण गर्न, १ मिटर दूरीमा रही स्वास्थ्य लाभ गर्नु भन्ने निर्देशन पालना गराउन, महानगरभित्रका पर्यटकीय आवागमन हुने क्षेत्रमा सर्तक रहन, मौसमी भाइरलको संक्रमण अधिक रहने भएकाले सर्तक रहन, विद्यालय प्रशानलाई आवश्यक पर्ने अत्यावश्यकीय कार्यमा सहयोग गर्न, भाइरससम्बन्धी जनचेतना जगाउन शिक्षकहरुलाई अनुरोध गरिएको छ । 

यस्तै अपीलमा ‘ज्यान रहे ज्ञान बाँढ्ने’ प्रतिबद्धता पनि जनाइएको छ ।

अपीलमा भनिएको छ– ‘ज्यान रहे, ज्ञान बाँढ्ने’ कुरामा प्रतिबद्धता जनाउँदै आम सरोकारित पक्षमा प्रतिबद्धता व्यक्त गर्दछौं ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप