भारत र चीनसँगको सबै नाका बन्द गर्ने सरकारको निर्णय
आइतबार, ०९ चैत २०७६, २० : ३५
काठमाडौं । सरकारले भारत र चीनसँगको सबै नाका बन्द गर्ने निर्णय गरेको छ।
सीमा नाका भएको आउजाने गर्नेबाट कोरोना भाइरस नेपाल भित्रन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालु्वाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले भोलिदेखि एक साता सीमा बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले जानकारी दिइन् ।