आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फ्रान्सबाट आएकी युवतीसँगै जहाजमा रहेका व्यक्तिहरुको पहिचान भइसकेको छः स्वास्थ्य मन्त्रालय

मङ्गलबार, ११ चैत २०७६, २० : ३२
मङ्गलबार, ११ चैत २०७६

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएकी फ्रान्सबाट आएकी युवती आएको जहाजमा रहेका व्यक्तिहरुको पहिचान भइसकेको सरकारले जनाएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरस पोजेटिभ रहेकी महिला आएको जहाजमा रहेका सबैको पहिचान भएको बताएका हुन् । संक्रमित महिलासँग घरमा रहँदा सम्पर्कमा रहने सबैलाई क्वारेन्टाइनमा पठाइसकेको समेत उनले बताए । जहाजमा सँगै आउने व्यक्तिहरुलाई भने सेल्फ क्वारेन्टाइनमा बस्न सजग गराइएको उनले बताए ।

त्यस्तै अहिलेसम्म ६ सय १० वटा नमुना परिक्षण भएकोमा २ वटाबाहेक नयाँमा संक्रमण भएको नपाइएको उनले बताए । कोरोना संक्रमण भएको १ जना र आशंका गरिएका अन्य १५ जनासहित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा १६ जना बिरामी रहेको उनले बताए । त्यसमध्ये १० जना क्वारेन्टाइनमा छन भने ५ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै सरकारले यसअघि विदेशबाट आएका वा तीनका नजिकका व्यक्तिहरुको मात्र परिक्षण हुने गरेकोमा त्यसको दायरा बढाई संक्रमणको लक्षण मिलेका ६० वर्ष उमेर नाघेका बिरामी, स्वास्थ्यकर्मीहरु, दिर्घरोगीहरु र सघन उपचार कक्षमा रहेकामा फ्ल्लुको लक्षण देखिएका बिरामीको समेत नमुना संकलन गरी परिक्षण सुरु गरेको छ ।

त्यस्तै,अन्य अस्पतालहरुमा कोरोना संक्रमणसँग मिल्दो लक्षण देखिएका बिरामी आएमा फिभर क्लिनिक सञ्चालन गरी अस्पतालले आइसोलेसनमा राख्नुपर्ने र कोरोना परीक्षणका लागि नमुना पठाउनुपर्ने व्यवस्था गरिएको समेत देवकोटाले बताए । उनले बिरामीलाई रिफर नगरीकन नमुना पठाउन मात्र अनुरोध गरिएको बताए । उनले विदेशबाट आएकाहरु सेल्फ क्वारेन्टाइनमा नबसी आफुखुसी बस्न थालेकाले देशभर लकडाउन गर्नुपरेको समेत बताए ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखामा अहिलेसम्म रहेका स्वास्थ्य सामग्रीहरुमा पिपिइ सेट ३ सय ५८ वटा, गाउन १ हजार ४ सय ५६, फेस मास्क १ हजार ५ सय ७८, सेनिटाइजर ७७, पंजा, १ हजार ५ सय ९३, एन ९५ मास्क २४, चस्मा ४ सय ८०, आइआर थर्मोमिटर ४, सुकभर १ हजार १ सय ६२ र फेस फिल्ड २ सय ३५ वटा छन् । यसबाहेक विभिन्न संक्रमणको जोखिम रहेका क्षेत्रहरुमा वितरण गर्न राखिएको फेस मास्क २ लाख ७२ हजार ४ सय २० वटा रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप