सेनाको सूचना निर्देशनालयमा आगन्तुकहरुको प्रवेश निषेध
बुधबार, १२ चैत २०७६, १२ : २४
कोरोनाभाईरस (कोभिड–१९) संक्रमणको कारणबाट उत्पन्न भएको जोखिमलाई मध्येनजर गरि नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको कार्यालयमा अर्को सूचना प्रकाशित नभएसम्म गैरसैनिक तथा अन्य कार्यालयका भिजिटरहरुको प्रवेशमा निषेध गरिएको छ ।
नेपाली सेनाले एक विज्ञप्तिमार्फत नेपाली सेनाको गतिविधिहरु विगतका दिनहरुमा झैं प्रेस विज्ञप्तीमार्फत जानकारी गराइनुका साथै अन्य थप जानकारी तथा विवरणहरुको लागी यस निर्देशनालयको टेलिफोनमार्फत प्राप्त गर्न सकिने बताएको छ ।