अस्ट्रेलिया कुनै समस्यामा पर्नुभयो, यी नम्बरमा फोन गर्नुहोस्
मङ्गलबार, १८ चैत २०७६, १३ : २९
अस्ट्रेलियामा रहेका नेपालीहरुलाई कुनै आकास्मिक समस्या परेको खण्डमा सम्पर्क गर्न नेपाली दूतावासले अनुरोध गरेकाे छ । यसका लागि दूतावासहित महाबाणिज्यदूतहरुको सम्पर्क नम्बर र ईमेल ठेगाना नेपाली राजदूतावासले सार्वजनिक गरेको छ ।
कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट स्वास्थ्यमा कुनै आशंका देखिएमा , काम बन्द भएर खाना बस्न कुनै समस्या आईपरेको खण्डमा सम्पर्क गर्न सजिलोका लागि सम्पर्क नम्बरहरु सार्वजनिक गरिएको हो ।