एनएमबि बैंकले कोरोना कोषमा योगदान गर्न सस्तो डिलसँग गर्यो सहकार्य
मङ्गलबार, १८ चैत २०७६, २२ : ३४
काठमाडौं– कोरोनाभाइरस (कोभिड–१९)बाट सबैभन्दा बढी प्रभावित व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबि बैंकले सस्तो डिलसँग साझेदारी गरेको छ ।
जसमा समान डेलिभरीको बेलामा एनएमबि बैंकको मोबाइल संरचना अन्तर्गतको क्यूआर कोडमार्फत सस्तो डिलमा गरिएको भुक्तानीको १५% रकम सरकारी निर्देशन अनुरुप कोभिड–१९ सहायता कोषमा योगदान गर्ने बैंकले जनाएको छ ।
दैनिक ज्यालादारीमा कार्यरत मजदुर वर्ग तथा कर्मचारी वर्गलाई सहयोग गर्नका लागि उक्त योगदान गरेको बैंकले जनाएको छ ।