मध्यरातमा आगलागी हुँदा १४ लाखभन्दा बढीको क्षति
बिहीबार, ०४ वैशाख २०७७, १२ : ०४
बर्दिबास : महोत्तरीमा बुधबार मध्यरातमा आगलागी हुंदा १४ लाखभन्दा बढीको क्षति भएको छ ।
जिल्लाको लोहारपट्टी नगरपालिका – ५ स्थित गुलाम रहशुलको ट्याक्टर र थ्रेसर राख्ने जस्ताको घरमा भएको आगलागीमा परेर ज १ त ७८६० नम्वरको ट्रेक्टर, थ्रेसर (गहुँ, धान कुटने यन्त्र) लगायतका सामान र सो राखिएको घर जलेर नस्ट हुंदा १४ लाखभन्दा बढीको क्षति भएको हो ।
आगो लागेको ठाउँमा पेट्रोलको गन्ध आएको हुँदा कसैले नियतिबस आगो लगाएको हुंन सक्ने स्थानीयले आशंका गरेका छन् ।
घटनाको बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको महोत्तरी प्रहरीले जनाएको छ ।