आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसको 'हटस्पट' उदयपुर सिल

बुधबार, १० वैशाख २०७७, ०७ : ५३
बुधबार, १० वैशाख २०७७

काठमाडौँ । कोरोनाभाइरस संक्रमितको संख्या २४ पुगेपछि उदयपुर जिल्लाका नाकाहरु सिल गरिएको छ । जिल्ला कोरोनाभाइरस संक्रमणको हटस्पट बनेसँगै अन्य जिल्लामा संक्रमण फैलन नदिन प्रदेश १ सरकारले जिल्लालाई सिल गर्ने निर्णय गरेको हो ।

उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बसेका भारतीय लगायतमा यतिबेला कोरोनाभाइरस संक्रमणको पुष्ट भएको छ । नेपाली सेनाको सहयोगमा मस्जिद वरपर रहेको बस्तीमा थ्रोट स्वाबको नमुना संकलन गरी परीक्षण भइरहेको छ ।

यता, प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले लकडाउन सुरु भएयता देखि नै जिल्ला सिल नै जस्तै अवस्थामा रहेको बताउँदै संक्रमित भेटिएपछि यसमा थप निगरानी बढाइएको बताए । संक्रमित भेटिएको गाउँ र आसपासका क्षेत्रलाई यसअघि नै सिल गरिएको पनि उनले जानकारी दिए ।

पैदल हिँडेर आएकाहरुलाई पनि सम्बन्धित स्थानीय तहमा बुझाएर क्वारेन्टाइनमा बस्न लगाएको उनले बताए । जिल्लाका अन्य क्षेत्र र अन्य जिल्लामा संक्रमण फैलिन नदिन आफूहरु सचेत ढंगल अघि बढेको उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप