कोरोनालाई संसारबाट छिटो भगाऊँ भाछ
बिहीबार, २५ वैशाख २०७७, २२ : १७
-सोनुश्री पौडेल
कोरोनालाई संसारबाट छिटो भगाऊँ भाछ
मैले आज सातु खाएँ कति मिठो भाको
बजारको नखाऊँ भनी घरको कुरा खाको
चाउचाउ र चिजबल धेरै खानहुन्न
पसलतिर नगए पछि कोरोनाले छुन्न ।
खाजाखाई कापीभरि बनाएँ मैले चित्र
तिनै चित्रकलर गरेँदुई घन्टा भित्र
स्कुलजान नपाउँदाअलि दुःख लाछ
कोरोनालाई संसारबाट छिटो भगाऊँ भाछ ।
नयाँ किताब बोकी स्कुल जाने थियो मन
साथीसँग गफ गर्ने धेरै कुरा छन्
कहिले आउला हाँसीहाँसी स्कुल जाने दिन
क,ख,ग,घ, ए,बी,सी,डी, एक, दुई, तीन ।
सिर्जनशील स्कुल बबरमहल
कक्षा १,