आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सहयोग लिएर रक्षा नेपाल पुगिन् अभिनेत्री नम्रता

शुक्रबार, २६ वैशाख २०७७, ११ : १६
शुक्रबार, २६ वैशाख २०७७

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले ‘रक्षा नेपाल’लाई सहयोग गरेकी छन् । उनले रक्षा नेपालमा रहेका किशोरीहरुको लागि खाध्यसामग्री र हरियो तरकारी सहयोग गरेकी हुन् ।

‘हाम्रो सानो प्रयास’ अभियान अन्तर्गत उनले ‘रक्षा नेपाल’लाई १५ दिनका लागि पुग्ने खाध्य सामाग्री र तरकाी दिएकी हुन् ।

‘रक्षा नेपाल’मा सहयोग गर्न आएकी नम्रतालाई देखेपछि त्यहाँका किशोरीहरु खुसी देखिएका थिए । उनीहरुले नम्रतासँग सेल्फि खिचाउनुका साथै अटोग्राफसमेत लिएका थिए ।

‘रक्षा नेपाल’ मानव अधिकारवादी संस्था हो । संस्थाले यौन हिंसामा परेका किशोरी र बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएको छ । संस्थामा ७० जना किशोरी र बालबालिका रहेका छन् ।

नम्रताले सहयोग गरेको अभियान ‘हाम्रो सानो प्रयास’मा कलाकार विजय लामा, फिल्म निर्देशक मिन भाम, अभिनेत्री नम्रता श्रेष्ठ, पुकार बम, दीपकराज सापकोटा लगायत रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप