आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इन्द्रधनु

शुक्रबार, ०२ जेठ २०७७, ०८ : ०२
शुक्रबार, ०२ जेठ २०७७

रमेशचन्द्र घिमिरे
पाताल छेडी उम्रियौ कि स्वर्ग हुँदै झर्‍यौ
धेरैपछि इन्द्रधनु आज देखा पर्‍यौ

नुहाएर सफा भई घाम ताप्न आउँछिन्
डाँडापाखा, खोलानाला, हिमाल हेर्न पाउँछिन्
फूलसित पैँचो लिई जिउमा रङ्ग भर्‍यौ
धेरैपछि इन्द्रधनु आज देखा पर्‍यौ

आकाशमा देखा पर्दा सप्तरङ्गी धर्को
खुसी हुँदै बादलुले ओडाउँछ बर्को
घामपानीको मौका छोपी बल्ल साइत गर्‍यौ
धेरैपछि इन्द्रधनु आज देखा पर्‍यौ ।

 
- भोर्लेटार, लमजुङ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा