आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विवाहको तयारीमा रहेका सञ्जय र माधुरीको यसकारण टुटेको थियो सम्बन्ध

शुक्रबार, ०२ जेठ २०७७, १२ : ०२
शुक्रबार, ०२ जेठ २०७७

एजेन्सी : बलिउड फिल्म क्षेत्रकी सदाबहार अभिनेत्री माधुरी दीक्षित ५३ वर्षकी भएकी छन् । मन्द मुस्कानका कारण हर कोहीको मनमा बस्न सफल अभिनेत्री माधुरीको जन्म १९६७ को मे १५ मा भएको थियो । उनी मराठी परिवारमा जन्मिएकी हुन् । 

अभिनयमा अब्बल माधुरी पढाईमा पनि उत्तिकै तेज थिइन् । उनले माइक्रोबायोलोजी विषयमा अध्ययन गरेकी छिन् । फिल्म क्षेत्रमा आउने चाहाना नहुँदा नहुँदै पनि फिल्म क्षेत्रमा आएकी माधुरीलाई १४ पटक फिल्म फेयरमा नोमिनेशन र ६ पटक जित हासिल भएको छ । 

नृत्यमा पोख्त माधुरी कथक डान्सर हुन् । उनी बलिउडमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्रीको रुपमा पनि परिचित छिन् । उनले फिल्म ‘हम आपके है कौन’ मा सलमान खानले भन्दा बढी पैसा लिएकी थिइन् । यो फिल्मको लागि उनले २.७ करोड लिएकी थिइन् । 

करियरको पीक समयमा उनले डाक्टर नेनेसँग विवाह गरिन् । र फिल्मबाट पनि टाढा गइन् । तर, उनको विवाहअघि बलिउड अभिनेता सञ्जय दत्तसँग गहिरो प्रेम थियो । भारतीय सञ्चार माध्यमका अनुसार माधुरी र सञ्जयले विवाह गर्ने योजना बनाएका थिए । तर, सञ्जय दत्त जेल गएपछि उनीहरुको सम्बन्ध टुङ्गिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप