आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शुरु भयो दराज फर्स्ट गेम्सः अब निःशुल्क गेमहरु खेल्दै शपिङ भौचर जित्न सकिने

सोमबार, २६ जेठ २०७७, १४ : ०८
सोमबार, २६ जेठ २०७७

काठमाडौं– नेपालको अग्रणी अनलाइन बजार दराजले दराज फर्स्ट गेम्स (डिएफजी) आज देखि सुरु गरेको छ। 

दराज फर्स्ट गेम्स दराज एपमा एक रमाइलो गेमिंग प्लेटफर्म हो जहाँ दराज प्रयोगकर्ताहरूले निःशुल्क अनलाइन गेमहरू खेल्न सक्दछन् र दराज भौचरहरू सहित अन्य रोचक पुरस्कारहरु जित्न सक्छन्।

पछिल्लो केही महिनामा, लुडो जस्ता गेमिंग एपहरु खुब लोकप्रीय भएका छन्। घर बसी बसी बोर भएका अधिकांशका लागि गेमिंग एपहरु एक राम्रो मनोरञ्जनको स्रोत बन्न पुगेका छन् । साथै यस्ता प्लेटफर्महरूले प्रयोगकर्तामा पनि ठूलो वृद्धि देखेका छन् । 

नेपालका ग्राहकहरु बीच त्यस्तो मनोरञ्जनको बढ्दो माग पूरा गर्न दराजले विश्वकै सबै भन्दा लोकप्रिय गेमिंग प्लेटफर्महरु मध्ये एक, पेटीएम फस्ट गेम्ससँग मिलेर डिएफजी शुरू गर्दै हो । पेटीएम सँगको साझेदारीका साथ दराजले पेटीएमको उच्च प्रविधि र डिजिटल गेमिंग क्षेत्रमा रहेको अनुभवको फाइदा लिन सक्नेछ। र डिएफजीका साथ दराज प्रयोगकर्ताहरूले एउटै प्लेटफर्ममा सबै प्रकारका विश्व प्रसिद्ध गेमहरूको मज्जा लिन सक्दछन्। 

दराज फस्ट गेम्समा प्रयोगकर्ताहरुले  रेसिंग, एक्शन, शुटिंग, र आर्केड र अन्य अरु प्रकारक गेमहरु निःशुल्क खेल्न पाउनेछन। यसका साथै, गेमरहरूले  दुबै टुर्नामेन्ट  मोड र १÷१ मोडमा भाग लिन सक्दछन् । जहाँ उनीहरूले आफ्ना साथीभार्इ, परिवार, वा अन्य प्रयोगकर्ताहरूसँग  अनलाइन खेल्न सक्नेछन् । प्रयोगकर्ताहरुले डिएफजी मार्फत रु. १६०० सम्मको भौचर सहित अन्य रोचक पुरस्कारहरू जित्न सक्नेछन् जुन उनीहरूले अनलाइन शपिंग गर्दा प्रयोग गर्न सक्दछन्।

प्रयोगकर्ताहरूले डिएफजी केवल दराजको एन्ड्रोइड एपमा खेल्न सक्दछन्। खेल्न र जित्न, प्रयोगकर्ताहरूले तल दिए अनुसार गर्नुपर्नेछ ।
–दराज एप डाउनलोड गर्नुहोस् अनि  खोल्नुहोस्
–दराज अकाउन्ट खोल्नुहोस र लगईन गर्नुहोस्
–होमपेजमा डिएफजी को आइकनमा ट्याप गर्नुहोस्
–खेल खेल्न र अंकहरू जित्नको लागि कुनै पनि गेम चयन गर्नुहोस्।

दराज नेपालका ट्राफिक अपरेशन प्रमुख विद्या प्रधानले भने, ‘हाम्रो मुख्य उद्देश्य भनेको दराज प्रयोगकर्ताहरूलाई सबैभन्दा आकर्षक र रमाइलो विश्व चर्चित गेमहरू प्रदान गर्नु हो। डिजिटल मनोरञ्जनको लागि अहिले उच्च माग छ, र हामी दराज प्रयोगकर्ताहरु माझ यसको सजिलो पहुँच बनाउन चाहन्छौं। हामी यसले देशको टेक्नोलोजी उद्योगको विकासको लागि पनि उत्प्रेरकको रूपमा काम गर्नेछ भन्ने कुरामा विश्वास राख्दछौं।’

पेटीएम फस्ट गेम्सका चीफ अपरेटिङ अफिसर सुधांशु गुप्ताले भने,  ‘मोबाइल गेमरहरु बीच सबैभन्दा आकर्षक र नवीन अनुभवहरू ल्याउने हाम्रो लक्ष्य हो। मोबाइल गेमिंगको दक्षिण एशिया क्षेत्रमा वद्धि भइरहेको छ र हामी यसको विकास गर्न चाहने एउटै मिसन भएकाहरुसँग साझेदारी गर्ने प्रयास गरिरहेका छौं। हामी दक्षिण एशियामा विश्वस्तरीय गेमिंग अनुभव सुरू गर्न दराजसँग साझेदारी गर्न पाउँदा रोमाञ्चित छौं।  यस साझेदारीको साथ हामी  लूडो र ईस्पोर्ट्स जस्ता गेमहरु मार्फत विश्वसमान सफलता दोहोर्याउने आशा राख्छौं।’

हाल गेमरहरूले दराज फस्ट गेम्समा १९ वोटा गेमहरु खेल्न सक्नेछन्, जसमा लुडो, निन्जा डुअल, बाइक रेसिंग र अन्य धेरै समावेश छन्। दराजले आगामी दिनहरूमा अझै धेरै गेमहरु थप्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप