उत्साहपूर्ण बन्यो सिरहाको मनोनयन (फोटोफिचर)
बुधबार, २१ भदौ २०७४, १९ : ५७
सिरहा– पहिलो र दोस्रो चरणमा ६ प्रदेशको निर्वाचन सम्पन्न भए पनि निर्वाचन हुने नहुने आशंका रहेको २ नम्बर प्रदेशको निर्वाचन झनै उत्साहबद्र्धक बन्दै गएको छ । निर्वाचन कार्यक्रमअनुसार बुधबारको मनोनयन विना अवरोध शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
पहिलो र दोस्रो चरणको निर्वाचन बहिष्कार गरेका राजपा नेपालका कार्यकर्ताहरु बाँजागाजाका साथ रमाइलो गर्दै मनोनयन दर्ता गर्न पुगेको देखिन्थ्यो । २ नम्बर प्रदेशको आन्दोलनको केन्द्र मानिएको सिरहा जिल्लामा दलका कार्यकर्ताहरु बुधबार दिनभर नै निकै उत्साहका साथ मनोनयनमा सहभागी देखिए ।
सिरहाका १७ स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयहरुले साना दल र स्वतन्त्र उम्मेदवारहरुलाई दर्ता गर्न समय मिलाएर मनोनयन पत्र दर्ता गरेका थिए ।