आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिसँग कोरियाका राजदूतको बिदाइ भेट

शुक्रबार, ३० जेठ २०७७, १७ : १९
शुक्रबार, ३० जेठ २०७७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क योङ–सिकले आज राष्ट्रपति निवास शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गरेका छन् ।

सो अवसरमा उनीहरुबीच दक्षिण कोरिया र नेपालबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

राजदूत पार्कले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बिदाइ भेट गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप