अनलाइन बिजनेश प्रवर्धन र डिजिटल प्लेटफमको उपयोगिताबारे महिला उद्यमी छलफलमा, लकडाउनले पारेको असर न्यूनिकरणमा जोड
काठमाडौं– लकडाउनका कारण महिला उद्यमशिलतामा देखिएको चुनौतीको विषयमा नेपाल महिला चेम्बरले आइतबार भर्चुअल कार्यशाला गरेको छ ।
कार्यशाला कोरोनाभाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन गरेसँगै बन्द उद्योगधन्दा, घरेलु साना उद्योगसँगै महिला उद्यमशीलतामा देखिएको चुनौतीलाई कसरी सामना गर्ने भन्ने विषयमा केन्द्रित रह्यो । कार्यशालामा नेपाल महिला चेम्बर सम्बद्ध सदस्यहरुको सहभागीता रहेको थियो ।
कार्यशालामा बोल्दै नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले कोरोनाभाइरसको मुख्य चुनौतीमा स्वास्थ्य सुरक्षाको सवाल रहेको उल्लेख गर्दै व्यवसाय संचालन गर्दा उच्च सतर्कता अपनाउन आवश्यक रहेको बताइन् । साथै, अध्यक्ष श्रेष्ठले बदलिँदो परिस्थितीमा डिजिटल प्लेटफर्मको उपयोगीतालाई बढाउनु पर्नेमा जोड दिइन् ।
त्यसैगरी, कोभिड १९ का कारण उद्यमी महिलाहरुको व्यवसायीक जीवनमा समस्या उत्पन्न भएको उल्लेख गर्दै कार्यशालाबाट उद्यमी महिलाहरुलाई राहत मिल्ने विश्वास महिला चेम्बरकी उपाध्यक्ष सुष्मा शर्माले व्यक्त गरिन् ।
नेपाल महिला चेम्बरकी महासचिव लिमा अधिकारीले उद्योग व्यापारको क्षेत्रमा प्रविधीको उपयोगीता बढेको अहिलेको अवस्थामा उक्त प्रविधिको अनुशरणका लागि उद्यमी महिलाहरुले पहल गर्नुपर्ने बताइन् ।
उद्यमी अदिती गोयलले अनलाइनमार्फत वस्तु तथा सेवा व्यापार बारे राष्ट्रिय तथा अन्तराष्ट्रिय प्लेटफर्मको उपलब्धता र सामाजिक संजालको उपयोगीता बारे प्रकाश पारेकी थिईन् ।
ब्रान्डिङलाई दुई कोणबाट प्रबर्धन गर्न सकिने बारे बताउँदै पैलक प्रबिनले पर्सनल र अर्गनाइजेशनल तरिकाबाले बताइन् । त्यसैगरी उनले अनलाइन मार्केटिङ, कम्युनिकेशन, कोलाबेरेशन आदीको महत्व बारे प्रकाश पारेकी थिईन् ।
त्यसैगरी, डिजिटल पेमेन्टको विषयमा केन्द्रित रहेर अनलाइनमार्फत कुन प्लेटफर्मबाट कसरी प्रयोग गर्ने र भुक्तानी गर्नेबारे महिला उद्यमी अनमोल रतेरियाले बताइन् ।
साना तथा मझौला उद्योग तथा व्यापारको क्षेत्रमा सकृय उद्यमी महिलाहरुलाई लक्षित गरि आयोजित उक्त कार्यशालामा ब्रान्डिङ, अनलाइन बिजनेश प्रबद्र्धन र डिजिटल पेमेन्टको विषयमा पैेलक प्रबिन, अदिती गोयल र अनमोल रतेरियाले प्रशिक्षण दिएका थिए ।