मेचुले सुजनलाई भनिन् ‘फसायौ नि मिठो बोलेर’
सोमबार, ०८ असार २०७७, १२ : ०१
काठमाडौं – ‘द भ्वाइस अफ नेपाल’की प्रतियोगी मेचु धमालको नयाँ गीत ‘फसायौ नि मिठो बोलेर’ सार्वजनिक भएको छ ।
लेखु सहयात्रीको शब्द तथा करणराज कार्कीको संगीत रहेको गीतमा संगीत संयोजन देवेश राईले गरेका छन् ।
गीतको म्युजिक भिडियो पनि बनाइएको छ । जसमा मेचु र सुजन मार्फा तामाङको अभिनय देख्न सकिन्छ । मौसम हिमालीले कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा अनिल के मानन्धरको छायाँकन र प्रविन भट्टको सम्पादन रहेको छ ।