आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अर्थ व्यवस्थामा अनुमान गरेभन्दा धेरै असर : आईएमएफ

शुक्रबार, १२ असार २०७७, १२ : २६
शुक्रबार, १२ असार २०७७

 कोरोना सङ्क्रमणका कारण अर्थ व्यवस्थामा अनुमान गरेभन्दा धेरै असर परेको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले जनाएको छ । 

सुरुवाती अवस्थामा अनुमान गरेको भन्दा धेरै असर देखिएको आईएमएफले सार्वजनिक गरेकाे  पछिल्लाे प्रतिवेदनमा उल्लेख छ ।

आईएमएफको अनुमान अनुसार विश्वभर आर्थिक गतिविधिमा यस वर्ष १० प्रतिशतले गिरावट आउने छ । गत अप्रिलमा आईएमएफले अर्थव्यवस्थामा पाँच प्रतिशतले कमी आउने जनाएको थियो । तर कोरोना महामारी बढ्दै गएका कारण विश्वको अर्थतन्त्रमा सुरुमा अनुमान गरिएको भन्दा पनि ठूलो असर आइपर्ने आईएमएफको अनुमान छ । 

कोरोना सङ्क्रमणबाट जोगिन विभिन्न देशहरुले लकडाउन गरेपछि विश्वको अर्थतन्त्रमा असर थपिँदै गएको आईएमएफको भनाइ छ । दूरी कायम गर्नुपर्ने अवस्थाका कारण मानिस घरबाहिर निस्केका छैनन् भने खर्चमा कमी गर्नुपर्ने बाध्यता छ । यसले गर्दा माग पनि कम भएपछि अर्थव्यवस्थामा असर परिरहेको उसको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप