मन्त्रिपरिषद् बैठक आह्वान
बिहीबार, १८ असार २०७७, ११ : ०७
काठमाडौं । आज आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १२ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए ।
उनका अनुसार आजको बैठक चालु वर्षे अधिवेशन बन्द गर्ने निर्णय गर्ने बुझिएको छ ।
त्यस्तै केही विधेयकहरुका बारेमा समेत छलफल हुन लागेको स्रोतले बताएको छ । गत वैशाख २६ गतेबाट वर्षे अधिवेशन सुरु भएको थियो ।