राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्य
बिहीबार, १८ असार २०७७, १४ : ३३
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको वर्षे अधिवेशन अन्त्य गरेकी छिन् ।
भण्डारीले बिहीबार संघीय संसद सचिवालयलाई एक पत्र पठाउँदै बिहीबार साँझ ५ बजेदेखि दुबै सदनको चालू अधिवेशन अन्त्य भएको जानकारी गराएकी हुन् ।
आजै बसेको मन्त्रिपरिषद् बैठकले संसदको जारी अधिवेशन स्थगन गर्ने निर्णयसहित राष्ट्रपतिकहाँ सिफारिस गरेको थियो ।
प्रधानमन्त्रीले पार्टीभित्र र सभामुख तथा राष्ट्रियसभा अध्यक्षसँग समेत छलफल नगरी एकाएक संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेका हुन् ।