सन्जिव पराजुलीको नयाँ गीत ‘मन’ सार्वजनिक
sanjeev
आइतबार, २१ असार २०७७, १२ : ५५
काठमाडौं । गायक सन्जिव पराजुलीको नयाँ गीत ‘मन’को भिडियो सार्वजनिक भएको छ । गीतमा हरि लम्सालको संगीत र प्रलाद शाहको शब्द रहेको छ ।
गीतको आकर्षक भिडियो समेत बनेको छ । जसमा विकास लामिछाने, मलाइका बस्नेत, पुजा शाह र आशिक खड्काको अभिनय देख्न सकिन्छ ।
गणेश शाहीले निर्देशन गरेको भिडियोमा फराज अर्पण(नेपाल) र राजीव भुषाल(अष्ट्रेलिया)को छायांकन तथा फराजकै सम्पादन छ ।
गीतकार प्रल्हादको यस अगाडि ‘परानै दिन्छु’, ‘हुक्का माथि’, ‘झिलमिल झिलमिल’, ‘त्यो सपना’, ‘तिमी मलाई मन पर्छ’, ‘चाहनामा’लगायत गीत हिट छन् ।