विप्वल नेतृत्वको नेकपाका सेती महाकाली इञ्चार्ज पक्राउ
बुधबार, ३१ असार २०७७, १४ : ३०
धनगढी । नेत्रविक्रम चन्द विप्लव नेृतृत्वको नेकपाका सेती महाकाली इञ्चार्ज ओमप्रकाश पुनलाई धनगढी उपमहानगरपालिका–७ बेली गाउँबाट प्रहरीले आज पक्राउ गरेको छ ।
उनीसँगै सङ्गीता धामी नाम गरेकी महिलालाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।