सिंहदरबार प्रवेशमा कडाइ गर्न थालियो
बुधबार, २१ साउन २०७७, १२ : ४८
काठमाडौं । कोरोनाभाइरस संक्रमित बढ्दै गएपछि सिंहदरबार प्रवेशमा कडाइ थालिएको छ । गृह मन्त्रालयका अनुसार सिंहदरबारमा काम विशेषले जानेका लागि दिइँदै आएको भिजिटर पास र इ–पास बन्द गरिएको छ ।
यस्तै कर्मचारी र यसअघि नै पास पाइसकेकाको हकमा भने स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेर प्रवेश दिइएको छ ।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ ।