कृषकलाई परिचयपत्र
शनिबार, २४ साउन २०७७, १३ : ३१
कृषकलाई कृषि पेशामा प्रोत्साहन गर्न तनहुँको भिमाद नगरपालिकाले परिचयपत्र प्रदान गर्ने भएको छ । व्यावसायिक कृषकको पहिचान गरी कृषिलाई व्यावसायिक गर्न नगरपालिकाले कृषकलाई परिचयपत्र प्रदान गर्न लागेको हो ।
नगरपालिकाले चालू आर्थिक वर्ष ०७७÷७८ को नीति तथा कार्यक्रममा कृषकलाई परिचयपत्र वितरण गर्ने उल्लेख गरेको छ । व्यावसायिक रुपमा कृषि पेशा अङ्गालेका कृषकलाई पहिचानका लागि परिचयपत्र वितरण गर्न लागिएको नगरप्रमुख मेखबहादुर थापाले जानकारी दिए । त्यसका लागि नगरपालिकाले नौवटा वडामा रहेका कृषकको तथ्याङ्क सङ्कलन गर्नेछ ।