राष्ट्र बैंकका एक कर्मचारीमा कोरोना देखियो
बिहीबार, २९ साउन २०७७, १४ : ४७
नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका एक कर्मचारीलाई कोरोन पुष्टि भएको छ । उनले स्वास्थ्यमा समस्या आएपछि आफैले जचाउँदा कोरोना संकक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएसँगै बालुवाटारमा रहेको मुद्रा व्यवस्थापन विभाग पुरै सिल गरेर त्यहाँ कार्यरत ५५ जना कर्मचारीको कोरोना परीक्षण थालिएको बैंक सम्बद्ध एक अधिकारीले जानकारी दिएका छन् ।
उनको सम्पर्कमा आएका सबैको परिक्षण गरिने ती अधिकरीले जानकारी दिए ।